कैलालीको गोदावरी-१ द्धारा ज्येष्ठ नागरिकलाई सिरक वितरण

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-१ ले ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण गरेको छ । वडा कार्यालयले शुक्रबार वडामा रहेका ८० वर्ष उमेर भन्दा माथीका ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण गरेको हो ।

वडाध्यक्ष गोपाल दत्त भट्टले चिसाको समयमा ज्येष्ठ नागरिकहरुलाई राहत दिने उद्देश्यले सिरक वितरण गरिएको बताए । उनले वडाको चालु आर्थिक वर्षको कार्यक्रम अनुसार वडाभित्रका १०१ जना ज्येष्ठ नागरिकहरुलाई सिरक वितरण गरिएको बताए ।

उनले ज्येष्ठ नागरिकहरुसँगको सल्लाह बमोजिम नै उक्त कार्यक्रम गरिएको बताए । उनका अनुसार वडामा ज्येष्ठ नागरिकहरु धेरै भएपनि ८० वर्षभन्दा माथी उमेरसमुहका लागि मात्रै चालु आर्थिक वर्षमा उक्त कार्यक्रम गरिएको बताए ।

‘वडामा अन्य धेरै ज्येष्ठ नागरिकहरु हुनुहुन्छ, तर सबैलाई दिनका लागि बजेट अभावका कारण सम्भव भएन’ उनले भने ‘त्यसैले वडाको तथ्यांक अनुसार ८० वर्ष माथी उमेर समुहका ज्येष्ठ नागरिकहरुलाई मात्रै हामीले यो वर्ष सिरक वितरण गरेका हौ ।’ वडाध्यक्ष भट्टले उक्त कार्यक्रमका लागि वडाले ५० हजार रुपैया विनियोजन गरेको बताए ।

Deep Jyoti Pustak psl
Loading...