अत्तरिया : अत्तरिया सामुदायिक सिकाई केन्द्र (सीएलसी) को वार्षिक साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार सम्पन्न साधारण सभाबाट अध्यक्ष कविराज जोशीसहित ९ जना निर्विरोध निर्वाचित भएका छन् ।
समितिको उपाध्यक्षमा लक्ष्मीदेवी भण्डारी, सचिवमा धनीराम पनेरु, कोषाध्यक्षमा हेमन्तीदेवी पाल र सदस्यहरूमा भीमबहादुर बलायर, तेजराज भट्ट, मदनराज शर्मा (जोशी), महिला सदस्यहरूमा शारदा राना र गौरी श्रेष्ठ चयन भएका छन् ।