नेकपा एमाले कैलाली क्षेत्र नं. ४ को संयोजकमा साउँद, उप-संयोजकमा शाह

गोदावरीबाट जिल्ला कमिटी सदस्यमा ४ जना मनोनित

अत्तरिया : नेकपा एमाले कैलाली क्षेत्र नम्बर ४ को संयोजकमा गणेश जिमि साउँद मनोनित भएका छन । एमालेको कैलाली जिल्ला कमिटीको तेस्रो सचिवालय बैठकले साउँदलाई निर्वाचन क्षेत्र नम्बर ४ को संयोजकमा मनोनित गरेको हो ।

यसैगरी बैठकले पार्टीको क्षेत्र नम्बर ४ कै उप-संयोजकमा टेक बहादुर शाह र सचिवमा खेमानन्द पौडेललाई मनोनित गरेको छ । कैलालीको निर्वाचन क्षेत्र नम्बर ४ लाई महत्वपुर्ण निर्वाचन क्षेत्रका रुपमा हेर्ने गरिएको छ ।

Krishnapur,Kanchanpur

यसैबिच एमालेको जिल्ला कमिटी सदस्यमा गोदावरीबाट ४ जना सदस्य मनोनित गरिएको छ । बैठकले जिल्ला कमिटीको सदस्यमा शर्मानन्द भट्ट, भोज जैगडी, रविन्द्र रोकामगर र नवराज आचार्यलाई मनोनित गरेको हो ।

नेकपा एमाले कैलालीमा गोदावरीबाट मात्रै अधिबेशनबाट २५ र मनोनीत ४ गरेर २९ जना पुगेका हुन् । जिल्ला कमिटी १ सय ५० जनाको रहेको छ । जसमा ५ पदाधिकारी मध्ये १ पदाधिकारी पनि गोदावरीबाट नै निर्बाचित भएका छन् ।

Dhangadhi Upamahanagar
Loading...