धनगढी : प्रेस चौतारी नेपाल कैलालीको अध्यक्षमा जनकसिंह विष्ट चयन भएका छन् । शुक्ररबार सम्पन्न भएको आठौँ जिल्ला अधिवेशनले जनक बिष्टलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । बिष्टको अध्यक्षतामा १७ सदस्यीय नयाँ कमिटि गठन गरिएको छ ।

सर्वसम्मत रूपमा सम्पन्न निर्वाचनबाट उपाध्यक्षमा लोकुसिंह ठकुरी र महिला उपाध्यक्षमा निर्मलाकुमारी शाही चयन भएका छन् । यस्तै सचिवमा दिनेश विष्ट, सहसचिवमा धुर्ब ओझा र समावेशी सहसचिवमा भूपेन्द्र बिक चयन भएका छन् भने कोषाध्यक्षमा जीवन विष्ट चयन भएका छन् ।
अधिवेशनबाट सदस्यहरूमा पूर्णबहादुर साउद, टेकसिंह धामी, दिनेश राना, भरत रिमाल, मनीषा भुल, सिद्धराज अधिकारी, नरेशनाथ योगी, भावना भण्डारी र कमल साउद चयन भएका छन् ।
केन्द्रीय प्रतिनिधिमा इन्द्रकुमारी केसी, भोजराज जोशी, हेमन्त पौडेल र एकेन्द्र तिमल्सिना चयन भएका छन् भने प्रदेश प्रतिनिधिमा गीता चौधरी, भानुभक्त आचार्य, कृष्णप्रसाद ओझा र सुशील ढुङ्गाना चयन भएका छन् ।
