बाकाबीर र ढकाललाई सहिद घोषणा गर्न सुदूरपश्चिम सरकारको सिफारिस

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले बाकावीर र लोकराज ढकाललाई सहिद घोषणाका लागि सिफारिस गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अछामका बलदेव शाह (बाकावीर) र कैलालीको लम्कीचुहा-४ का लोकराज ढकाललाई गृह मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको हो ।

राणा शासनविरुद्ध लड्दा मारिएका बाकाबीरलाई अछामको जिल्ला समन्वय समितिले सिफारिस गरेको थियो । ढकाललाई लम्कीचुहा नगरपालिकाले सिफारिस गरेको थियो ।

तत्कालीन तरुण दल कैलालीका सदस्यसमेत रहेका ढकाललाई तत्कालीन सशस्त्र विद्रोहीले ०५५ माघ ४ गते घरमा सुतिरहेको अवस्थामा हत्या गरेको थियो ।

Dhn_Tihar & Chhat 2082
Loading...