अत्तरिया : कैलालिको अत्तरियामा रहेको किड्स जोन एकेडेमीले म्युजिकल ड्रिल प्रतियोगिता आयोजना गरेको छ । किड्स जोनले बुधवार सहिद दिवसको अवसर पारी अन्तरविद्यालय स्तरिय म्युजिकल ड्रिल प्रतियोगिता आयोजना गरेको हो ।
एक दिने उक्त प्रतियोगितामा अत्तरियामा रहेको लोटस आइ माध्यमिक विद्यालय प्रथम भएको छ । यसैगरी प्रतियोगितामा अत्तरियामै रहेको ज्ञान ज्योती सेकेन्डरी स्कुलले दोस्रो र बेलौरीमा रहेको सिद्धबाबा सेकेन्डरी स्कुलले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।
बिजेता स्कुललाइ एक कार्यक्रमका बिच पुरस्कार बितरण गरिएको थियो । प्रथम स्थान हासिल गरेको लोटस आइ ले नगद रु. १० हजार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ भने दोस्रो स्थान हासिल गरेको ज्ञानज्योतीले नगद रु. ७ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । तेस्रो स्थान हासिल गरेको सिद्धबाबालाई भने नगद रु. ५ हजार सहित ट्रफी र प्रमाणपत्र दिईएको विद्यालयका सञ्चालन मदन जोशीले जानकारी दिए ।
प्रतियोगितामा १० वटा विद्यालयहरु सहभागि रहेको उनले बताए । जसमा आयोजक विद्यालय भने सहभागी रहेको थिएन । विद्यार्थीहरुमा अनुशासन, समन्वय, राष्ट्रप्रेम र टिमवर्कको भावना जागरुक गराउन उक्त प्रतियोगिता आयोजना गरिएको जोशीको भनाई छ । उनले विद्यार्थीहरुलाई शारिरीक र मानसिक रुपमा सबल बनाउन प्रतियोगिता प्रभावकारी हुने विश्वास व्यक्त गरे ।
