बझाङमा बिहानै सेती नदिमा हाम फालेकी साउँद मृत फेला, शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा

शिवजी मण्डेल अत्तरीया ।
बझाङमा एक महिलाले सेती नदीमा हाम फालेकी छन । जिल्लाको थलारा गाउँपालिका–४ डिख्लाका राजेश साउँदकी २७ वर्षीया श्रीमती धर्मा साउँदले आज बिहान ४ बजेको समयमा केदारस्यूँ गाउँपालिका ९ को झोताबाट थलारा जोड्ने सेती नदिमाथिको झोलुङ्गे पुलबाट नदीमा हाम फालेकी हुन ।

 

बिहानै नदिमा हाम फालेकी साउँद दिउँसो १ बजेको समयमा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । साउँदको शव हाम फालेको ठाउँबाट २ किलोमिटर तल सेती नदिमा फेला परेको समेत प्रहरीले जनाएको छ ।

Krishnapur,Kanchanpur

उनले केकति कारणले नदिमा हाम फालेकी हुन कारण भने खुलेको छैन ।

तर उनको केही दिनदेखि मानसिक अवस्था ठिक नभएको थलारा गाउँपालिका ४ का वडाध्यक्ष रामचन्द्र जोशीले बताउँनुभएको छ । अध्यक्ष जोशीले भने केही दिनयता साउँद आफै एक्लै हास्ने, जस्ता विभिन्न लक्षण देखा पारेका थिए ।

 

साउँद आज बिहानै घर बाट उठेर आएकी थिइन्, उनको पछाडी घरका सदस्य आएको भएपनि छोप्न नसकेको र यो घटना घटेको अध्यक्ष जोशीको भनाई छ । अहिले उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बझाङमा राखिएको छ । मृतक साउँदको घरमा २ छोरा र १ छोरी रहेका छन ।

Dhangadhi Upamahanagar
Loading...