प्रथम खो-खो विश्वकपका खेलाडीहरुको सम्मानमा अत्तरियाबाट -यालि

अत्तरिया : प्रथम खो-खो विश्वकपमा उपविजेता बनेको राष्ट्रिय टोलीका १२ जना खेलाडीहरुको सम्मानमा -यालि निकालिएको छ । प्रथम खो-खो विश्वकपमा उपविजेता बनेको राष्ट्रिय टोलीमा रहेका १२ जना सुदूरपश्चिमका खेलाडी तथा व्यवस्थापकको सम्मानमा -याली निकालिएको हो ।

कैलाली जिल्ला खो-खो संघको सहआयोजनामा सुदूरपश्चिम खो-खो संघले ¥यालिको आयोजना गरेको हो । विश्वकपमा उपविजेता बनेको महिला तथा पुरुष टिमका खेलाडीहरुलाई सम्मान स्वरुप स्वागत गर्न -यालिको आयोजना गरिएको नेपाल खो-खो संघका कोषाध्यक्ष कृष्ण पनेरुले बताए ।

सुदूरपश्चिमबाटै केन्द्रिय समितिमा रहेका पनेरुले महिला टिमको व्यवस्थापनको कार्य समेत गरेका थिए । उनले महिला राष्ट्रिय टिमका ७ जना खेलाडी र पुरुष टिमका ५ जना खेलाडी सहित व्यवस्थापकलाई सुदूरपश्चिम प्रदेश खो-खो संघले स्वागत स्वरुप ¥यालीको आयोजना गरेको बताए ।

काठमाण्डौबाट अत्तरिया पुगेका खेलाडीहरुलाई अत्तरियाबाट बाजागाँजासहित -यालीको आयोजना गरेर धनगढी लगिएको थियो ।

Dhn_Tihar & Chhat 2082
Loading...