कञ्चपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु

अत्तरिया : कञ्चनपुरमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बेदकोट नगरापलिका-७ सुडामा मोटरसाईकल दुर्घटना हुँदा कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिका-१२ कालाकौडी बस्ने ३० वर्षिय हरिश खुनाको मृत्यु भएको हो ।

सुडास्थित सडकमा म ३ प १४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार बेलुकी दुर्घटना हुँदा खुना गम्भीर घाईते भएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Dhn_Tihar & Chhat 2082
Loading...