स्याउलेको विश्वनाथ महादेव मन्दिरमा शिव महापुराण तथा अतिरुद्र महायज्ञ सुरु

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-८ स्थीत स्याउलेमा रहेको विश्वनाथ महादेव मन्दिरमा शिव महापुराण तथा अतिरुद्र महायज्ञ सुरु भएको छ ।

विश्व हिन्दु महासंघ सुदूरपश्चिम प्रदेशको आयोजनामा शुक्रबारदेखि महायज्ञ सुरु भएको हो ।

यहि माघ २८ गतेसम्म चल्ने महायज्ञमा पाठ पारायण, आरती, भजन किर्तन तथा प्रवचन लगायतका कर्म गरिने विश्व हिन्दु महासंघ सुदूरपश्चिम प्रदेशका उपाध्यक्ष एवम् विश्व हिन्दु महासंघका केन्द्रिय सदस्य रामेश्वर जोशीले बताए । उनले महायज्ञमा सरिक भईदिन श्रद्धालु भक्तजनहरुमा अनुरोध समेत गरेका छन ।

Loading...