अत्तरिया : नेपाल निजामती कर्मचारी संगठन सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा महादेब जोशी सर्वसम्मत चयन भएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा बिहीबारराति सम्पन्न दोस्रो अधिवेशनबाट जोशी अध्यक्षमा चयन भएका हुन् ।
बेदबोट नगरपालिकामा कार्यरत जोशी यस अघि संगठनको प्रदेश महासचिव थिए । दोस्रो अधिवेशनबाट जोशीको अध्यक्षतामा २१ सदस्यीय प्रदेश समिति सर्वसम्मच चयन गरिएको छ ।

प्रदेश समिति उपाध्यक्षमा बालकृष्ण जोशी (कैलाली), महेश्वरी विष्ट (कञ्चनपुर), महासचिव धर्मराज चौधरी (कैलाली), सचिव लक्ष्मण भट्ट (बैतडी), बिष्णु जैशी (अछाम), सचिव झलक दौल्यान (दार्चुला) र कोषाध्यक्ष रुपक खड्का (कञ्चनपुर) चयन भएका छन् ।
संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले अधिवेशन उद्घाटन गरेका थिए । निर्वाचन समितिका संयोजक प्रकाश बहादुर खड्काले अध्यक्ष सहित पदाधिकारी र सदस्यलाई पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
