कञ्चनपुरमा काँग्रेस नगर सभापति मृत अवस्थामा फेला

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकाका काँग्रेस सभापति अच्युत कलौनी मृत फेला परेका छन् । भीमदत्त नगरपालिका-१८ वडा कार्यालय नजिक उनको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले शनिवार बिहान कलौनीको शव फेला परेको बताए । सडक पेटीमा उनी घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन ।

Krishnapur,Kanchanpur

घटनास्थल ‘सिल’ गरेर उनको मृत्युको कारणबारे अनुसन्धान सुरु गरिएको छ । अनुसन्धानका लागि तालिम प्राप्त कुकुर समेत परिचालन गरिएको छ ।

कलौनीको शरीरमा बाहिर देखिने चोटपटक नदेखिएपनि घोप्टो अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । अहिलेसम्म प्रहरीले शवलाई छोएको छैन । तालिमप्राप्त कुुकुरको प्रयोगपछि मात्र बाँकी काम गर्ने प्रहरीको भनाई छ । नेपाल विद्यार्थी संघको राजनीतिबाट कांग्रेसको मूल राजनीतिमा आएका कलौनी हाल भीमदत्त नगर कार्यसमितिको सभापति थिए ।

नेपाल विद्यार्थी संघको केन्द्रीय सहमहामन्त्रीसमेत भइसकेका उनी महेन्द्रनगरको बैजनाथ माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष थिए । कलौनी मृत फेला परेको स्थानबाट ५ सय मिटरको दुरीमा उनको घर छ ।

Dhangadhi Upamahanagar
Loading...