स्याउलेमा आयोजित शारदा फुटबल लिगको उपाधी दुर्गालक्ष्मीलाई

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-८ स्याउलेमा आयोजित सुदूरपश्चिम प्रदेश स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिता शारदा फुटबल लिगको उपाधी अत्तरियाको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा गेटाको सरस्वती माध्यमिक विद्यालयलाई २-० गोलअन्तरले पराजित गर्दै दुर्गालक्ष्मीले उपाधी चुमेको हो ।

फाईनल खेल सुरु भएलगतै दुर्गालक्ष्मीको पहिलो गोल गर्दै अग्रता बनाएको थियो । खेल सुरु भएको चौथो ४ मिनेटमै दुर्गालक्ष्मीका खेलाडी सुरेश साउँदले टिमका लागि पहिलो गोल गरेका थिए । त्यसअघि पनि दुर्गालक्ष्मीले गोल हानेको थियो । तर रेफ्रिले अफसाइडको इसारा दिदाँ उक्त गोल मान्य भएको थिएन । तर त्यसलगत्तै रेफ्रिको इसारा पछि खेल सुरु हुने वित्तिकै दुर्गालक्ष्मीले गोल गरेको थियो ।

Krishnapur,Kanchanpur

त्यसपश्चात खेलको १९औ मिनेटमा पुनः साउँदले व्यक्तिगत दोस्रो र टिमका लागि पनि दोस्रो गोल गरेर २-० को अग्रता दिलाएका हुन । खेलको दोस्रो हाफमा भने दुवै टिमले गोल गर्न सकेनन् । पहिलो हाफमै २-० को अग्रता लिएको दुर्गालक्ष्मीले सो अग्रताकै कारण उपाधी पक्का ग-यो । सरस्वती माविलाई गोल गर्ने अवसर आएपनि गोलमा परिणत गर्न नसक्दा उपविजेतामा चित्त बुझाउनुप-यो ।

उपाधी जितेसँगै दुर्गालक्ष्मीले नगद रु. ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग-यो भने उपविजेता बनेको सरस्वतीले नगद रु. २५ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पायो । प्रतियोगिताको प्लेयर अफ द फाईनल दुर्गालक्ष्मीका सुरेश साउँद घोषित भए । उनले नगद रु. ५०० प्राप्त गरे । यसैगरी प्रतियोगिताका उत्कृष्ट गोलरक्षक सुदिप बि.क घोषित भए भने सर्वाधिक गोलकर्ता पनि दुर्गालक्ष्मीका सुरेश साउँद घोषित भए ।

यस्तै उदयीमान खेलाडी सुमित चौधरी घोषित भए । उनिहरु तिनै जनाले समान नगद रु. १÷१ हजार प्राप्त गरे । यस्तै प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी दिपेश भट्ट घोषित भए । उनले नगद रु. २ हजार रुपैया प्राप्त गरे । स्याउलेमा रहेको शारदा विद्या निकेतनले आयोजना गरेको प्रतियोगितामा ५ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीहरूलाई मात्रै सहभागी गराईएको थियो ।

Dhangadhi Upamahanagar
Loading...