अर्जुन ट्रफी क्रिकेटमा अत्तरियाले बैतडीलाई हरायो

धनगढी : अर्जुन ट्रफी राष्ट्रिय टी-२० क्रिकेटमा सीवाईसी अत्तरियाले दशरथ चन्द एकेडेमी बैतडीलाई २६ रनले हराएको छ । अत्तरियाले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको बैतडीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३८ रनमात्र बनाउन सक्यो । बैतडीका हिमाल दौलयालले ३९ रन बनाए । अत्तरियाका विवेक यादवले ४ विकेट लिए ।

Krishnapur,Kanchanpur

यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको अत्तरियाले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रन बनायो । अत्तरियाका भीम सार्कीले ७० रन बनाए । बैतडीका अमर रौटेलाले २ विकेट लिए । अर्जुन ट्रफीमा अहिले डीसीए धनगढी र घोडाघोडी-११ सुख्खड खेलिरहेका छन् ।

हिजोदेखि शुरू भएको प्रतियोगितामा देशभरका ८ वटा क्लब सहभागी छन् । समूह ‘ए’ मा धनगढी, डडेल्धुरा, घोडाघोडी-११ सुख्खड र बोस्टन क्रिकेट झापा रहेका छन् । यस्तै समूह ‘बी’ मा सीवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, न्यु होराइजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् । अर्जुन ट्रफीको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) को वार्षिक क्यालेन्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पुर्‍याएका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना भएको हो ।

Dhangadhi Upamahanagar
Loading...