धनगढी : नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटीले ५ जनालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टि बिरोधी गतिविधिमा संलग्न भएको भन्दै एमाले सुदुरपश्चिम प्रदेश कमिटीले अछामका पाँच जना नेतालाई निष्कासित गरेको हो ।

प्रदेश कमिटी सदस्य जंगबहादुर बिक, दुधकला विष्ट, केशर मियाँ तथा सल्लाहकार परिषद सदस्य लालबहादुर खड्का र हर्क कुँवरलाई निष्कासन गरिएको पार्टी प्रदेश सचिब रणबहादुर चन्दले जारी गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
पूर्वउपाध्यक्ष भीम रावलको ‘मातृभूमि जागरण अभियान’ मा सक्रिय भएका कारण उनीहरूलाई कारबाही गरिएको हो । पार्टीको पाँचौं सचिवालय बैठकले विधानको धारा ८१ (१) अनुसार उनीहरूलाई निष्कासन गर्ने निर्णय गरेको प्रेस बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
