बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु

बझाङ : बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जयपृथ्वी नगरपालिका-५ स्थित डिल घर भएकी ४८ वर्षीया भौरीदेवी कामीको बुधबार बिहान घाँस काट्ने क्रममा सिउली डिट भिरबाट लडेर मृत्यु भएको हो ।

उनको भौरीदेवी भिरबाट झन्डै १०० मिटर तल शव फेला थियो । घर नजिकै गाज्जो (घाँस) काट्ने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष प्रेम थापाले बताए ।

Loading...