कञ्चनपुुरमा मृत भेटिएका कलौनीको शव परीक्षण रिर्पोट आयो, खुलेन मृत्युको कारण

कञ्चनपुर : नेपाली कांग्रेस कञ्चनपुरका भीमदत्त नगर सभापति अच्युत कलौनीको शव परीक्षण रिर्पोट आएको छ । गत शनिवार बिहान मृत भेटिएका कलौनीको शव परीक्षणको रिर्पोट प्राप्त भएपनि मृत्युुको कारण खुुल्न सकेको छैन ।

कञ्चनपुर प्रहरीले रिर्पोटबाट मृत्युको ठोस कारण खुल्न नखुलेको जनाएको छ । कलौनी भीमदत्त नगरपालिका-१८ को मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए ।

कलौनी शुक्रवार राति साढे बजेसम्म मृत भेटिएको आसपासमा हिडिरहेको दृष्य सीसीटीभी फुटेजमा कैद भएको छ तर शव भेटिएको ठाउँमा भने क्यामेराको पहुुँच थिएन ।

शव परीक्षण रिपोर्टले मृत्युुको कारण नखुुलेपछि मुटु लगायतको नमूूनाको थप परीक्षण गरिने भएको छ । कलौनीको मुटु परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइने प्रहरीले जनाएको छ । भीसेरा परीक्षणका लागि भने नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालामा नमूना पठाइसकेको छ ।

Loading...