अत्तरिया : सुदूरपश्चिम प्रदेशमा एचपीभी खोप अभियान २०८१ अन्तर्गत दोस्रो दिनसम्म ७९ हजार भन्दा बढी किशोरीले खोप लगाएका छन्।

स्वास्थ्य निर्देशनालय सुदूरपश्चिम प्रदेशले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारी अनुसार फागुन ४ गते सम्म १ लाख ५१ हजार २५१ किशोरीलाई खोप लगाउने लक्ष्य राखिएकोमा ७९ हजार ७१९ जनाले खोप लगाएका छन् ।
किशोरीहरूले पहिलो दिन (माघ २२ गते) ४२ हजार ७१५ जनाले र दोस्रो दिन (माघ २३ गते) ३६ हजार ९५४ (५३ प्रतिशत) जनाले खोप लगाएका छन् ।
