अत्तरिया : कैलालीको गोदावरी नगरपालिका-११ मा रहेको गोठानमा आमा र छोरी मृत अवस्थामा भेटिएका छन् । २४ वर्षीया मिरा कामी र उनकी दुई वर्षीया छोरी प्रिन्सी मृत अवस्थामा फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहराका अनुसार, बिहीबार साँझ साढे ७ बजे घरमै झुन्डिएको अवस्थामा आमा-छोरी मृत फेला परेका थिए ।
मिराका श्रीमान् भारतमा रोजगारीका क्रममा रहेका छन भने घटना भएको समयमा सासु पनि घरमा नभएको प्रहरी अनुसन्धानले देखाएको छ । शवहरू परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
