बैतडीमा भिरबाट लडेर एक वृद्धको मृत्यु

बैतडी : बैतडीमा भिरबाट लडेर एक वृद्धको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका-६ रोसिरगाका ७२ वर्षीय हरिदत्त जोशीको भिरबाट लडेर मृत्यु भएको हो ।

बुधबार घर नजिकै रहेको जङ्गलमा बाख्रा चराउने क्रममा भिरबाट लडेर गम्भीर घाईते भएका जोशीको उपचारको लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा चिकित्सकले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Dhn_Tihar & Chhat 2082
Loading...