अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा रहेको बडेडा बिजौरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिमा नयाँ नेतृत्व चयनका लागि आज (शनिबार) निर्वाचन हुदैछ ।
निर्वाचनको सम्पुर्ण तयारी पुरा भएको बताउदै निर्वाचन अधिकृत राजेन्द्र खड्काले अहिले बिहान ८ बजेदेखी मतदान शुरु भई बेलुका ४ बजे सम्पन्न हुने बताए ।
वडा नम्बर १ र ६ मा खानेपानी वितरण गर्दै आईरहेको उक्त खानेपानि संस्थाका लागि ५ जना अध्यक्षका उम्मेदवार रहेका छन् । जसमा चेतराज पन्त, मान बहादुर बलायर, बल बहादुर चौधरी, रमेश प्रसाद भट्ट र रमेश बलायर रहेका छन् ।
समितिको उपाध्यक्षका लागि ३ जना उम्मेदवार छन् । जसमा गणेश महरा, गिरिराज भण्डारी र दुर्गा देवी जोशी रहेका छन् भने सचिवमा उत्तम महरा र लक्ष्मीराज भट्ट उम्मेदवार रहेका छन् । त्यस्तै संस्थाको कोषाध्यक्षमा चित्रा कुमारी भट्ट र बिपन कुमारी चौधरी उम्मेदवार रहेका छन् ।
यस्तै ७ जना सदस्यका लागि समेत १२ जना उम्मेदवार चुनावि मैदानमा होमिएका छन् । समितिका ११ पदका लागि २३ जनाले उम्मेदवारी दिएका छन ।
उक्त खानेपानी संस्थाका ६ सय ९ उपभोक्ता तथा मतदाता रहेका छन् ।
