अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी कैलालीको दोस्रो नगर स्तरीय भेला सम्पन्न भएको छ ।
नगर सभापति दिपक ओझाको सभा अध्यक्षतामा सम्पन्न भएको दोस्रो नगर स्तरीय भेलामा पार्टीका सुदूरपश्चिम सभापति प्रकाश विष्ट प्रमुख अतिथि रहेका थिए ।
भेलाले गोदावरी कार्यसमितिका रिक्त पदहरुमा पदाधिकारी चयन गरेको छ । उप सभापतिसहित, सहसचिव तथा सदस्यहरु चयन गरेको हो ।
उपसभापतिमा रामचन्द्र सापकोटा चयन भएका छन् भने सह सचिवमा दिपकराज भट्ट चयन भएका नगर सभापति दिपक ओझाले जानकारी दिए । यस्तै सदस्यहरुमा मान बहादुर विष्ट, दिनेश नेपाली, दिल बहादुर साहु, लोकेन्द्र धामी र लाल बहादुर धामी चयन भएका छन् ।
यसअघि पार्टीको गत वर्षको पहिलो भेलाबाट सभापतिमा दिपक ओझा, सचिवमा भान देव पनेरु, कोषाध्यक्षमा रेवती धामी र सदस्यमा तिर्थराज जोशी चयन भएका थिए । अझै कार्यसमति बिस्तारको क्रममै रहेको सभापति ओझाले बताएका छन् ।
शनिबार अत्तरिया स्थित फारवेल फुडल्यान्डमा सम्पन्न भएको भेलामा पार्टीका कृषि विभाग सदस्य लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
