चार जनालाई पछार्दै बडेहा-बिजौरा खानेपानीको अध्यक्षमा चेतराज पन्त विजयी, सचिबमा उत्तम महरा

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ र ६ मा रहेको बडेहा-बिजौरा खानेपानी उपभोक्ता संस्थाको अध्यक्षमा चार जनालाई पछार्दै चेतराज पन्त १४१ मतसहित विजयी भएका छन् ।

अध्यक्षका प्रतिस्पर्धी उम्मेदवार रमेश बलायरले ८३, मान बलायरले ५६, बलबहादुर चौधरीले ४८, र रमेश प्रसाद भट्टले ७२ मत प्राप्त गरेका थिए । वडा नम्बर १ का सदस्य समेत रहेका पन्तकै समूहबाट उपाध्यक्षमा गिरीराज भण्डारी १७६ मतसहित विजयी भएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी गणेश महराले १२५ र दुर्गा देवी जोशीले ६४ मत प्राप्त गरे ।

सचिबमा मान बलायर समूहका उम्मेदवार उत्तम महरा १ मतको अन्तरले लक्ष्मीराज भट्टलाई पराजित गर्दै विजयी भएका छन् । महराले १९२ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धी भट्टले १९१ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा पन्त समूहकै चित्राकुमारी भट्ट २१७ मतसहित विजयी भइन् भने बिपनीकुमारी चौधरीले १२५ मत प्राप्त गरिन् ।

यस्तै यस्तै सदस्यहरुमा मंगलराम चौधरी (२३२), लाल बहादुर मल्ल (२०६), जानकी शाह (२०२), इश्वरी कुमारी शाह (१९५), ईन्द्र बहादुर थापा (१९३), निर्मला ताम्राकार विक (१९०) र पुर्ण बहादुर चन्द (१८०) बिजयी भएका छन् ।

सदस्यहरुमा पनि ईश्वरी कुमारी शाह बाहेक सबै पन्त समुहकै व्यानरमा नाम रहेका बिजयी भएका छन् । तर केही सदस्यहरुको नाम भने अन्य समुहमा रहेको पनि पाईएको छ ।

शनिबार सम्पन्न निर्वाचनमा ६०७ मतदातामध्ये ४६७ जनाले मतदान गरेका थिए । अध्यक्ष पदका लागि ५ जना चुनावी मैदानमा रहेका थिए भने उपाध्यक्षका लागि ३ जना रहेका थिए । यस्तै सचिव र कोषध्यक्षमा २/२ जना रहेका थिए भने ७ जना सदस्यका लागि समेत ११ जना उम्मेदवार रहेका थिए । समितिमा ११ पदका लागि २३ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।

यो खानेपानी संस्थाले गोदावरीको वडा नम्बर १ र ६ मा पानी वितरण गर्दै आएको छ।

Dhangadhi 2081
Loading...