अछाम : अछाममा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ । ढुङ्गाखानीमा पहिरो खस्दा मेल्लेख गाउँपालिका-५ कौलेनाका ६३ वर्षीय नरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो ।
उनको सोही वडामा ढुङ्गा निकाल्ने क्रममा खानीमाथि पहिरो खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
पहिरोमा परेर मृतकका भतिजा ४८ वर्षीय भीमबहादुर खड्का गम्भीर घाइते भएका उनको बयालपाटा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
