अत्तरियामा मातृभूमि जागरण अभियानको सम्पर्क कार्यालय स्थापना

अत्तरिया : कैलालीको अत्तरियामा मातृभूमि जागरण अभियानको सम्पर्क कार्यालय स्थापना गरिएको छ । सोमबार अत्तरियाको रिङ्गरोडमा डा. भीम रावल प्रस्तावक रहेको मातृभूमि जागरण अभियानको सम्पर्क कार्यालयको स्थापना गरिएको हो ।

कार्यालयको एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेश सरकारका पूर्व मन्त्री रहेका कृष्ण राज सुवेदीले उद्घाटन गरेका थिए ।

अभियानका गतिविधि सञ्चालन गर्न र अभियानमा जोडिने सँग संवाद गर्न कार्यालय स्थापना गरिएको अभियानमा सहभागी अत्तरियाका ज्ञानेन्द्र खड्काले बताए ।

नेकपा एमालेबाट निष्कासित भए पछि मातृभूमि जागरण अभियान सञ्चालन गरेका रावल अहिले देश दौडाहामा छन् । सोही क्रममा विभिन्न ठाउँमा कमिटी गठन भइरहेका बेला अत्तरियामा सम्पर्क कार्यालय स्थापना भएको हो ।

Dhangadhi 2081
Loading...