अत्तरिया : प्रहरीले बझाङबाट धनगढी आउँदै गरेका वृद्धको साथबाट चरेस बरामद गरेको छ ।
आज (बुधवार) बझाङबाट धनगढी तर्फ आउदै गरेको ना ७ ख ४०९ नम्बरको बसबाट ७८४ ग्राम लागू औषध चरेस सहित बझाङको छविसपाथिभेरा-३ का ७१ वर्षीय चन्द्र देव जैसी पक्राउ परेका हुन ।
विशेष सूचनाका आधारमा प्रहरीले बसमा खानतलासी गर्दा जैसी बसेको बसको सिट माथि सामान राख्ने ¥याकमा प्लास्टिकको कट्टा भित्र पिँडालु सँगै मिसाई राखेको अवस्थामा चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
