अत्तरिया : डोटीको गैरामा इभि भ्यान दुर्घटनामा परेको छ । धनगढीबाट अछाम जाँदै गरेको इभि भ्यान जिल्लाको जोरायल गाउँपालिका-१ गैरा बजार स्थित भीमदत्त राजमार्गमा दुर्घटना हुदा २ जना घाइते भएका छन् ।
सुदूरपशिचम प्रदेश ०१ ००१ ज १६६६ नम्बरको इभि भ्यानले सोही दिशा तर्फ जाँदै गरेको हाईसलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
प्रहरीका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका-३ बोराडाँडीका २६ वर्षीय सुरज बोहराले चलाएको सो भ्यानमा सवार ८ जना मध्ये २ जना घाइते भएका छन् । अन्य ६ जना भने सकुशल रहेका जनाइएको छ ।
घाइते हुनेमा डडेल्धुराको भागेश्वर गाउँपालिका-२ की २० बर्षिया पुजा जैशी र डोटीको शिखर नगरपालिका-८ तिल्तालीका ४३ वर्षीय चक्र बलायर रहेका छन् । उनीहरू दबै जनालाइ उपचारका लागी डडेलधुरा अस्पताल पठाएको प्रहरीले जनाएको छ ।
