कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश देशभरमै उत्कृष्ट

धनगढी : राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेश यस वर्ष पहिलो बनेको छ । सुदूरपश्चिम प्रदेशले ५१.६ प्रतिशत अङ्क पाएको छ  । आर्थिक वर्ष २०७९/०८० को मूल्याङ्कनमा सुदूरपश्चिम पाँचौँ स्थानमा थियो  ।

अघिल्लो पटक पहिलो भएको कोशी प्रदेश यस पटक दोस्रो भएको छ । उसले ५०.९ अङ्क प्राप्त गरेको छ । यस्तै, ४५.६ अङ्क पाएको बागमती तेस्रो, ४१.६ अङ्क पाएको कर्णाली चौथो, ४०.८ अङ्क पाएको गण्डकी पाँचौँ, ३५.९ अङ्क पाएको लुम्बिनी छैटौँ र ३० अङ्क पाएको मधेश पुछारमा छ ।

विनियोजित बजेट, त्यसको कार्यान्वयन, राजस्व सङ्कलनको लक्ष्य र प्रगति लगायतका सूचकहरूमा आयोगले मूल्याङ्कन गर्ने व्यवस्था छ ।

 

Dhangadhi 2081
Loading...