अत्तरिया : कैलालीको गौरीगंगा नगरपालिका-४ को राजीपुरमा रहेको पूजा होटलमा अनैतिक क्रियाकलापमा संलग्न तीन जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयको सादा पोशाकको टोलीले शुक्रबार होटलमा छापा हानेपछि उक्त होटलमा अनैतिक क्रियाकलपा हुने गरेको पाइएको हो ।
अनैतिक क्रियाकलापमा संलग्न जोडीसहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले बताए ।
पक्राउ पर्नेमा होटल सञ्चालक गौरीगंगा–८ का कर्णबहादुुर कार्की, यौन धन्दामा संलग्न गौरीगंगा–६ का २९ वर्षीय एक पुरुष र धनगढी उपमहानगरपालिका-१२ की २८ वर्षीया एक महिला रहेको डीएसपी बोहराले बताए ।
उनीहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
