अत्तरिया : नेपाल निजामती कर्मचारी संगठनको केन्द्रिय सदस्यमा सुदुरपश्चिमबाट गणेश पनेरु निर्वाचित भएका छन् ।
यहि माघ ३० र फागुन १ गते काठमाडौँको राष्ट्रिय सभा गृहमा भएको १२औं महाधिवेशनबाट पनेरु केन्द्रिय सदस्यमा सर्वसम्मत निर्वाचित भएका हुन् । कैलालीको गोदावरी नगरपालिका-१ का पनेरु यस अघि पनि संगठनको केन्द्रिय सदस्य रहेका थिए ।
केन्द्रिय सदस्यमा निर्वाचित पनेरु गोदावरी नगरपालिकाको जिन्सी शाखा प्रमुखको रुपमा कार्यरत छन । १४ बर्ष देखि नेपाल निजामती सेवामा आबद्ध पनेरु यसअघि एमाले भातृसंगठन पेसागत महासंघ सुदुरपश्चिम प्रदेशको सह इन्चार्ज र ट्रेड युनियन डडेल्धुराको उपाध्यक्ष भईसकेका छन् ।
नेपाल निजामती कर्मचारी संगठन निजामती कर्मचारीहरूको हक, हित तथा सेवा सुरक्षाका लागि भन्दै गठन भएको पहिलो र ठूलो संगठन हो । संगठनको स्थापना वि.सं. २०४७ मा भएको थियो ।
