कैलालीमा पुरुषको शव फेला

धनगढी : कैलालीको खप्परे खोलामा एक पुरुषको शव फेला परेको छ ।

गौरीगंगा नगरपालिका-७ मा रहेको खप्परे खोलामा आइतबार बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको प्रहरीले बताएको छ ।

शव सेती प्रादेशिक अस्पतालमा राखिएको र पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

Dhangadhi 2081
Loading...