बैतडीमा घासँ काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

बैतडी : घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ।

जिल्लाको सुर्नया गाउँपालिका-४ डबराली टाक घर भएकी २३ वर्षीया दिपा बोहरा महराको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु हो ।

आइतवार दिउसो घाँस काट्ने क्रममा सोही वडाको जयसिंया भिरबाट लडेर महराको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

मृतक महिलाको श्रीमान् रोजगारीको शिलशिलामा भारत गएका छन । घरमा ८ महिने छोरा एक्लै रहेका छन् । आफन्तले छोराको रेखदेख गरिरहेका छन् ।

Dhangadhi 2081
Loading...