कैलालीबाट खैरो हेरोइन र चरेस सहित ३ जना पक्राउ

अत्तरिया : कैलालीबाट प्रहरीले ठुलो परिणाममा लागू औषध खैरो हेरोइन र चरेस सहित ३ जना पक्राउ गरेको छ । प्रहरीले मंगलबार धनगढी र लम्की चुहाबाट ३ जनालाई पक्राउ गरेको हो ।

धनगढी उपमहानगरपालिका-५ यातायात कार्यालय पछाडि सडक छेउबाट लागू औषध खैरो हेरोइन ३१ ग्राम ७३० मिलिग्राम र लागू औषध चरेस २ किलो १७५ ग्राम सहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका-६ का २६ वर्षीय गोविन्द बहादुर धामी र २८ वर्षीय लोकेन्द्र बोहरा रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

यस्तैबिच लम्की चुहा नगरपालिका-२ बगनियाबाट लागू औषध खैरो हेरोइन ५ सय १० मिलिग्राम सहित स्थानीय १८ वर्षीय किशोर पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

Dhangadhi 2081
Loading...