धनगढी : कैलालीको गोदावरीका एक बालकको पानीमा डुबेर मृत्यु भएको छ ।
गोदावरी नगरपालिका-१ बाँसभारी बस्ने प्रेम विकको ३ वर्षीय छोरा पियुस विकको मृत्यु भएको हो । आफ्नै घर अगाडी रहेको धारामा खेल्ने क्रममा धारा नजिक रहेको पानीले भरिएको खाल्डोमा डुबेर बालक घाइते भएका थिए ।
घाइते बालकलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।
