गोदावरीमा एमालेको दुई दिने नगरस्तरीय कार्यकर्ता प्रशिक्षण

अत्तरिया : नेपाल कम्युनिष्ट पार्टि (एमाले) गोदावरी नगर कमिटीको आयोजनामा नगरस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम सुरु भएको छ । आज (बुधबार) दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रमको उद्घाटन एमाले कैलाली क्षेत्र नम्बर ४ इन्चार्ज सन्तोषी शर्मा थापाले गरेकी हुन् ।

कार्यक्रममा बोल्दै इन्चार्ज सन्तोषी शर्मा थापाले मिसन चौरासीलाई सफल बनाएर पार्टीलाई पुनः सरकारमा पुर्याउने संकल्पका साथ अगाढी बढ्न कार्यकर्ताहरूलाई आग्रह गरेकी छन् । उनले नगरस्तरमा मात्र नभई वडास्तरमा पनि प्रशिक्षण, छलफल र जनसम्पर्कलाई तीव्र बनाउनुपर्ने बताईन् ।

उद्घाटन कार्यक्रममा केन्द्रीय कमिटी सल्लाहकार समिति सदस्य तथा प्रदेश कमिटीका सचिवालय सदस्य, जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो । प्रशिक्षण कार्यक्रममा नगर कमिटीका पदधिकारी तथा सदस्य, विभिन्न वडाका वडा कमिटीका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको छ ।

प्रशिक्षण कार्यक्रमको पहिलो दिन ‘सुचना प्रबिधि र पार्टी काममा उपयोग’ बिषयमा नेकपा एमाले कैलाली क्षेत्र नम्बर ४ इन्चार्ज सन्तोषी शर्मा थापा, कैलाली जिल्ला कमिटी उपाध्यक्ष लोकेन्द्र शाही र जिल्ला कमिटी उपसचिव चुडामणि भट्टले प्रशिक्षण दिएका छन् । भोली दोस्रो दिनको प्रशिक्षण कार्यक्रममा कैलाली जिल्ला ईन्चार्ज नारद मुनि राना, जिल्ला अध्यक्ष यज्ञराज ढुंगाना लगायतले प्रशिक्षण दिने एमाले गोदावरी नगर कमिटीले जनाएको छ ।

प्रशिक्षण कार्यक्रमको उद्देश्य पार्टीले सञ्चालन गरिरहेको जराकेन्द्रित अभियान लाई प्राथमिकतामा राख्दै पार्टीलाई कसरी अगाढी बढाउने, पार्टिमा भएका समस्याहरु कसरी समाधान गर्ने, पार्टिको बिधिविधान र पद्धति लगायतका बिभिन्न विषयमा प्रशिक्षण भईरहेको नगर कमिटी अध्यक्ष सन्तोष सिंहले बताए ।

उनले दुई दिन सम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा नगर र वडा कमिटीका पदाधिकारी र सदस्यहरुको उपस्थिती रहेको बताएका छन् । नगरस्तरिय प्रशिक्षण पछि वडा केन्द्रित प्रशिक्षण रहने उनले बताए ।

 

 

Loading...