अछाम । अछाममाअटोरिक्साको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको साँफेबगर नगरपालिका–७ रिडिकोट निवासी ५५ वर्षीया जनक शाहको वयलपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
साँफेबगर–मंगलसेन सडक खण्डको रिडिकोट नजिक सडक पार गरिरहेको अवस्थामा शाहलाई अटोरिक्साले ठक्कर दिएर घाइते बनाएको थियो । घाइते भए लगत्तै शाहलाई नजिकै रहेको बयलपाटा अस्पतालमा पुगाइएको थियो । उपचारको क्रममा शाहको मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।
बान्नीगढी जयगढ गाउँपालिका–४ तिमिल्सैनका चालक विशाल बोहरालाई प्रहरीले नियन्त्रणमा लिइएको अछाम प्रहरीले जानकारी दिएको छ ।घटनाको बारेमा थप अनुसन्धान भइरहेको अछाम प्रहरी प्रमुख प्रहरी भण्डारीले जानकारी दिए ।
