भोली अत्तरियादेखी धनगढीसम्म राप्रपाले मोटरसाईकल र्‍याली निकाल्ने

अत्तरिया : कैलालीको अत्तरियादेखी धनगढीसम्म वृहत मोटरसाईकल र्‍याली निकालिने भएको छ ।

भोली (मंगलबार) राष्ट्रवादी युवा समुह र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय झण्डासहितको वृहत र्‍याली निकाल्ने र्‍यालीको संयोजन गरिरहेका युवा विराज बिष्टले बताए ।

उनले सार्वभौमता, स्वाधिनता र राष्ट्रिय एकता कायम राख्नका लागि ¥याली आयोजना गर्न लागिएको बताए । त्यसका साथै पछिल्लो केही समययता अन्तरराष्ट्रिय स्तरमा देशको स्वाभिमान घट्दै आएको बेलामा राष्ट्रवादी योद्धाहरु जाग्न जरुरी रहेको सन्देश दिनलाई पनि र्‍याली आयोजना गर्न लागिएको बताए । उनले देशमा घटिरहेका विभिन्न घटनाक्रमहरुका विरुद्ध युवाहरुले आवाज उठाउन जरुरी रहेको समेत बताएका छन् ।

अत्तरिया बसपार्कबाट मंगलबार दिउँसो १२ बजेदेखी धनगढीसम्मका लागि र्‍याली आयोजना हुने बताउदै उनले र्‍यालीमा सहभागी भईदिन सम्पुर्णलाई आग्रह पनि गरे।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोली मोटरसाईकल र्‍याली र १८ गते धनगढीमा आमसभा गर्ने जनाएको छ ।

Dhangadhi 2081
Loading...