बझाङ : बझाङमा एक शिक्षक मृत फेला परेका छन । वित्थडचिर गाउँपालिका- ३, तल्लागाउँ घर भएका महादेव माविका शिक्षक हर्कबहादुर बोहरा मृत फेला परेका हुन् ।
सोमबार बिहान बोहराको शव वित्थडचिर गाउँपालिकास्थित स्याडी प्रहरी चौकी र वित्थड गाउँको बीचमा रहेको खोलापट्टि भीरमा अड्केको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
