अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाबाटलागुऔषधसहित दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा बैतडीको पुर्चौडी नगरपालिका–१० घर भई गोदावरी नगरपालिका – १ बस्ने २८ वर्षीय विशाल महरा र गोदावरी नगरपालिका–२ का १८ वर्षीय किसन भट्ट रहेका छन्।
प्रहरीले बिहीबार दिउँसो अत्तरियामा धनगढी रोडमा हिँडिरहेका उनीहरूलाई शंका लागेर जाँच गर्दा ७ सय १० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला पारेको ईलाका प्रहरी कार्यालय मालखेतीले जनाएको छ ।
लागुऔषधसहित पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको छ।
