क्यानका अध्यक्ष चन्दले गरे गोदावरीको प्रस्तावित क्रिकेट रङ्गशालाको निरीक्षण

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको प्रस्तावित गोदावरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निरीक्षण गरिएको छ । आज क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अध्यक्ष चतुर बहादुर चन्द सहितको टोलीले रङ्गशालाको निरीक्षण गरेको हो ।
प्रस्तावित रङ्गशालाको निरीक्षण गर्दै अध्यक्ष चन्दले तत्काल क्रिकेट आउट फिल्ड लेभलिङ र पिच निर्माणका लागि विज्ञ टोली पठाउने बताए ।
गोदावरी नगरपालिका – ३ मा रहेको उक्त प्रस्तावित रङ्गशालाको निरीक्षणका क्रममा सुदूरपश्चिम प्रदेश क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी, गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्ट लगायतको सहभागिता रहेको थियो ।

Dhangadhi 2081
Loading...