बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु

बाजुरा : बाजुरामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको बुढीनन्दा नगरपालिका-१ का अन्दाजी ४० वर्षका नृपराज रेग्मीको भीरबाट लडेर मृत्यु भएको हो ।

गाउँ नजिकै माछा मार्न गएका रेग्मीको बिहीबार बिहान भीरमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

घटनाको प्रकृति हेर्दा भीरबाट नै लडेर मृत्यु भएको देखिए पनि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए ।

Dhangadhi 2081
Loading...