बाजुरामा बाघले बाख्रा खोरमा आक्रमण गर्दा ४५ बाख्रा मरे

बाजुरा : बाजुरामा बाघले बाख्रा खोरमा आक्रमण गर्दा ४५ वटा बाख्रा मरेका छन् ।जिल्लाको हिमाली गाउँपालिका-५ क्युरीका हिमाल बुढथापाका ४५ वटा बाख्रा बाघको आक्रमणमा परी मरेका हुन् ।

बिहीवार बिहान २ बजेको समयमा बुढथापाको घरभन्दा करिब एक सय मिटर टाढा रहेको कच्ची खोरमा बाघ पसेर ४५ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

४५ वटा बाख्रामध्ये केही साना पाठा बाघले खाएको छ भने अरु सबै खोरमा मरेको अवस्थामा भेटिएका जनाइएको छ ।

Dhangadhi 2081
Loading...