अत्तरिया खानेपानीका अध्यक्ष टिकादत्त जोशीको निधन

अत्तरिया : कैलालीको अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष टिकादत्त जोशीको निधन भएको छ ।

गोदावरी -४ निवासी जोशि निमोनियाको समस्याले अचानक बिरामी भएपछि बिहिबार सेती प्रादेशिक अस्पताल भर्ना भएका उनको राती साढे १२ बजे निधन भएको हो ।

लामो समय देखि सामाजिक कार्यमा सक्रिय जोशी वन उपभोक्ता राष्ट्रिय महासंघका महासचिव, साना सहरी खानेपानी तथा सरसफाई राष्ट्रिय महासंघका केन्द्रिय सदस्य, अत्तरिया सामुदायिक सिकाई केन्द्रका निवर्तमान अध्यक्ष लगायत बिभिन्न संघसस्थामा आवद्ध थिए । उनी नेपाली काङ्ग्रेस कैलालीका वरिष्ठ नेता समेत हुन ।

६९ वर्षीय जोशीको असामहिक निधनले समाजमा अतुल्नीय क्षति भएको भन्दै अत्तरिया क्षेत्रका सामाजिक व्यक्तिहरुले सामाजिक सञ्जालमा दुख व्यक्त गरेका छन् ।

Loading...