धनगढी : प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश अध्यक्षमा नरेन्द्रसिंह कार्की निर्वाचित भएका छन् । कैलालीको धनगढीमा यहि फागुन १६ र १७ गते सम्पन्न दोस्रो अधिवेशनबाट कार्की सर्वसम्मत निर्वाचित भएका हुन् ।
यस्तै कमिटीको उपाध्यक्षमा उपाध्यक्ष मीन ठकुरी र कल्पना बोहरा निर्वाचित भएका छन । कमिटीको महासचिवमा भानुभक्त आचार्य र कोषाध्यक्षमा लक्ष्मणदत्त पन्त निर्वाचित भएका छन् ।
यस्तै सचिव खुल्लामा लोकेन्द्रबहादुर ओझा, अमरराज भट्टराई, दिपकराज जोशी र खेम ढुङ्गाना निर्वाचित भएका छन् भने समावेशिमा मदन विक र गीता चौधरी, निर्वाचित भएका छन् ।
त्यस्तै सदस्यहरुमा वीरेन्द्र भट्ट, शेरबहादुर विष्ट, सागर परियार, महेश कार्की, प्रेमसिंह विष्ट, मोहनप्रसाद जोशी, कृष्णप्रसाद ओझा, रमित विक, उमेशसिंह धामी, सुनिता धामी, केसपुरा मल्ल, कृष्णप्रसाद जोशी, रेणुकाकुमारी परियार भरत साउद (आलोक), बहादुर साउद, भूमिदत्त तिवारी, दीर्घ खत्री, सीता ठगुन्ना, दीपा भण्डारी, एकेन्द्र महता, पार्वती ओड र धनबहादुर विक निर्वाचित रहेका छन् ।
