कैलालीको सामुदायिक वनमा दुईजना मृत फेला

 धनगढी : कैलालीको धनगढीमा दुईजना मृत फेला परेका छन् । आइतबार बिहान धनगढी उपमहानगरपालिका-९ स्थित शैलेश्वोरी सामुदायिक वन क्षेत्रभित्र एकजना झुण्डिएको र एकजना लडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव निरीक्षक कविन्द्र बोहराका अनुसार धनगढी उपमहानगरपालिका-१० का अन्दाजी ५० बर्षीय देबल चौधरी र सोही सोही स्थानका अन्दाजी ५१ बर्षीय कैदा राना मृत अवस्थामा भेटिएका हुन् ।

मृतक देवल चौधरी रुखमा झुन्डिएको अवस्थामा र कैदा राना केही पर पल्टिएको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक बोहराले बताए ।मृतक कैदा रानाका छोरा कैलास रानाको मोहना नद‍ीमा गत भाद्र महिनामा डुबेर मृत्यु भएको भएको थियो । छोरा गुमाएको ६ महिनापछि उनको पनि रहस्यमय मृत्यु भएको छ ।

घटना स्थलको नजिक २ वटा साइकल पनि भेटिएका छन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Dhangadhi 2081
Loading...