कैलालीको अत्तरियामा स्कुटर दुर्घटना,, प्रहरीका सई बोहराको निधन

अत्तरिया- कैलालीको अत्तरियामा स्कुटर दुर्घटना हुँदा प्रहरी नायब निरीक्षक (सई ) को निधन भएको छ।
सोमवार दिउँसो धनगढी–अत्तरिया ६ लेन सडक अन्तरगत गोदावरी नगरपालिका–२ विद्युत् कार्यालय नजिक स्कुटर अनियन्त्रित भएर दुर्घटना हुँदा ३४ वर्षीय सइ योगेन्द्र बहादुर बोहराको निधन भएको हो।
सुदूरपश्चिम प्रदेश ०१–००९ प ३४२९ नम्बरको स्कुटर दुर्घटना हुँदा घाइते भएका बोहराको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। बोहरा हाल सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीको व्यक्तिगत सुरक्षाका लागि खटिने निजी सुरक्षा गार्ड (पिएसओ) को रूपमा कार्यरत थिए। उनका घर बझाङको मष्टा गाउँपालिका ७ हो ।

Dhangadhi 2081
Loading...