धनगढी : कैलालीमा एक जना मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको घोडाघोडी नगरपालिका- ४ स्थित ट्याङना नदिमा अन्दाजी ६५ वर्षीय बुधराम चौधरी मंगलबार मृत फेला परेका प्रहरीले जनाएको छ ।
मंगलबार भैँसी चराउन जंगलतिर गएका चौधरी ढुङ्गाबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको जनाएको छ । चौधरी मृगीको बिरामी भएको जनाइएको छ ।
