अत्तरिया : कैलालीको अत्तरिया स्थित अत्तरिया नो लाईटका कर्मचारी सुन्दरलाल चौधरी माथी खुकुरी प्रहार भएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय धनगढी वितरण केन्द्र अन्तर्गत अत्तरिया नो लाईट सेवाका कर्मचारी माथि आज बिहान कार्यालय अगाडि अज्ञात समूहले खुकुरी प्रहार गरेको हो। उनको खुकुरीले टाउकोमा चोट लागेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
मालाखेतीका डिएसपी गंगा बहादुर थापाले घाईते चौधरीलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा पठाईएको बताए । उनले खुकुरी प्रहार गर्ने समुह फरार रहेको र उनिहरुको खोजी कार्य जारी रहेको बताए ।
स्थानीयका अनुसार ३ मोटरसाइकलमा आएका ६ जनाले कार्यालय अगाडि उभिएका चौधरी माथी खुकुरी प्रहार गरेका थिए ।
