बझाङमा माथिबाट खसेको ढुंगा लाग्दा एक महिला घाईते

अत्तरिया- बझाङमा माथिबाट खसेको ढुंगा लाग्दा एक महिला घाईते भएकी छन । जिल्लाको सुर्मा गाउँपालिका–२ डोगडीकी २७ वर्षीया छायाँं बोहरा माथिबाट खसेको ढुंगा लाग्दा गम्भीर घाइते भएकी हुन ।

बिहिवार दिउँसो करिब १ बजे गिट्टी (ढुंगा) संकलन गर्ने क्रममा माथिबाट खसेको ढुंगाले निधारमा गम्भीर चोट लागेर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनलाई जिल्लामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरिएको जिल्ला प्रहरीले जनाएको छ ।

Dhangadhi 2081
Loading...