धनगढी : सुदूरपश्चिम प्रदेश सभाको शुक्रबार बोलाइएको बैठक स्थगित भएको छ। विशेष कारणले बैठक स्थगित भएको प्रदेश सभा सचिवालयका प्रवक्ता तेजप्रकाश जोशीले जानकारी दिए ।
आज अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाएको थियो तर आज बोलाइएको बैठक २५ गते आइतबार दिउँसो १ का लागि सारिएको जोशीले जानकारी दिए ।
यसैबिच, प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार सुदूरपश्चिम प्रदेशसभाबाट विशेष सम्बोधन गर्ने बताइएको छ । कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह कार्यक्रममा सहभागी हुन आउन लागेका प्रधानमन्त्रीले सम्भवतः प्रदेश सभाबाट पनि विशेष सम्बोधन गर्ने जनाइएको छ ।
तर सचिवालयमा आधिकारिक जानकारी भने अहिलेसम्म नआएको जोशीले बताए। ओलीले यस अघि नेकपा नेतृत्वको सरकारको बेला पनि सुदूरपश्चिम प्रदेश सभामा संम्बोधन गरेका थिए । प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेशसभामा विशेष सम्बोधनका लागि सुर्खेत पुगेका छन् ।
